Skip

Hamro Sanchar

जेनजी-सरकारबीचको सम्झौता ‘कलाविहीन भद्दा नाटक :  केपी ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २५ गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी र सरकारबीच भएको सम्झौता ‘कलाविहीन भद्दा नाटक’ भएको टिप्पणी गरेका छन् ।

आज राजधानी काठमाडौंमा सम्पादकहरूसँगको संवादका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् । वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने उनको भनाइ थियो

‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र रु यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?’ उनले भने, ‘गोबर टाँसेको सरकारले कलाविहीन नाटक गर्‍यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाविहीन भद्दा नाटक हो ।’

साथै, उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो रु भन्दै प्रश्न गरे ।

सो क्रममा उनले संसद् पुनस्स्थापनाको विकल्प नभएको पनि जिकिर गरे ।


प्रतिकृया दिनुहोस्