Skip

Hamro Sanchar

एनपीएलको पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २४ गते


काठमाडौं । मंसिर १ गतेदेखि हुने दोस्रो संस्करण नेपाल प्रिमियर लिग(एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आज एनपीएलको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार पहिलो खेल साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबिच हुनेछ । उक्त खेल मंसिर १ गते दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

लिग चरणमा सबै टोलीले एकअर्कासँग खेल्नेछन् । मंसिर २१ गतेसम्म लिग चरणका खेल हुनेछन् । मंसिर २३ गतेबाट प्लेअफका खेल सुरु हुनेछ ।

लिग चरणमा र्शी दुईमा रहने टोलीले २३ गते पहिलो क्वालिफायर खेल्नेछन् । लिग चरणमा तेस्रो र चौथो भएका टोलीबिच २४ गते एलिमिनेटर हुनेछ । मंसिर २५ गते दोस्रो क्वालिफायर र मंसिर २७ गते फाइनल हुनेछ ।

 


प्रतिकृया दिनुहोस्