Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसिसी यू-१९ एसिया कप : फाइनल प्रवेशका लागि बंगलादेशसँग भिड्दै नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ५ गते


Advertisement

काठमाडौं । एसिसी यू-१९ महिला एसिया कप क्रिकेटमा आज बंगलादेशसँग खेल्दैछ।

मलेसियाको क्वालालम्पुस्थित बायुमान ओभलमा नेपाल र बंगलादेशबीचको खेल बिहान ११:४५ बजे हुनेछ।

पहिलो पटक महिला एसिया कप खेलिरहेको नेपाल समूह उपविजेता बन्दै सुपर फोरमा पुगेको थियो।

सुपर फोरमा श्रीलंकाविरूद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले आज बंगलादेशसँग सुपर फोरको दोस्रो खेल खेल्न लागेको हो।

नेपाललाई बंगलादेशलाई पराजित गर्दै फाइनल पुग्ने अवसर छ। बिहीबार बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ।

योसँगै नेपालले सुपर ओभरमा समूह चरणको ३ र श्रीलंकासँगको १ गरी कुल ४ अंक जोडेको छ। ४ अंक नै जोडेको बंगलादेशसँग रनरेटमा पछि पर्दै नेपाल तेस्रो स्थानमा छ।

आजको खेल पनि वर्षाका कारण रद्द भए रनरेटमा अघि रहँदै बंगलादेश फाइनल पुग्नेछ


प्रतिकृया दिनुहोस्