आज : २०८१ आश्विन १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतविरुद्ध ६ वटा उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १४ गते


Advertisement

काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ। संसद् सचिवालयका अनुसार प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएका हुन् ।

दुवै सदनको संयुक्त समितिमा कुल ८ उजुरी दर्ता भएकोमा ६ वटा प्रस्तावित प्रधान न्यायाधीश र २ वटा राजदूतविरुद्ध रहेका छन् । उजुरीको पोका आज खोलिने र के कस्ता उजुरी परेका छन् अनि मात्र सार्वजनिक हुनेछ।

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजुरी आह्वान गरेकोमा तोकिएको १० दिन ९आइतबार० राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एक जना कर्मचारीले जानकारी दिए।

असोज ३ को समितिको बैठकले प्रधानन्यायाधीश सिफारिस राउतसँगै बेल्जियम र अस्ट्रेलियाका लागि राजदूत सिफारिस सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध पनि उजुरी माग गरेको थियो।

त्यस्तै आज बस्ने संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतका लागि सिफारिस भएका दुई न्यायाधीशमाथि उजुरी माग गर्ने तयारी गरेको छ।

आज १ बजेका लागि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ । न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो । वाइ समितिको बैठक बोलाइएको छ ।

न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको थियो ।


प्रतिकृया दिनुहोस्