आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्यान्सर पिडित बिरामीलाई लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डस्को सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

भक्तपुर, भदौ १७- लायन्स क्लब अफ काठमाडौं अटो सोसियल फ्रेन्डस्ले क्यान्सर रोग पिडित बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नंं १ घर भएका केशब धनुकेलाई नगद १० हजार आर्थिक सहयोग गरेको हो । धनुके हाल भक्तपुरको सुर्यविनायक नगरपालिका हर्षचोकमा कोठा भाडामा लिई उपचार गराईरहेका छन् ।

उनको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचारमा सहयोग पुगोस् भन्ने हेतुले नगद प्रदान गरिएको क्लबका अध्यक्ष तथा नेकपा एकीकृत समाजवादी दाेलखा-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष बिकल श्रेष्ठले जानकारी दिए ।

३५ बर्षिय धनुके कलेजो र आमाशयको क्यान्सरबाट जीवन र मरणको दोशाधमा छन् ।

बैदेशिक रोजगारका लागि कतार पुगेका उनि क्यान्सर रोग लागेपछि गत जेठमा मात्र स्वदेश फर्केका हुन् । तीन बर्षसम्म त्यहाँ बसेर कमाएको केहि रकम र दाजुभाइ, आफ्ना-आफन्तहरुको सहयोगमा हालसम्म उपचार गराइरहेको बताउने उनि अब के गर्ने भन्ने अन्योलमा छन् । हालसम्म १० लाख हाराहारीमा खर्च भैसकेको उनको भनाई छ ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको ३ पटक किमो लगाइसकिएको छ । अस्पताल श्रोतकाअनुसार ८० देखि ९० प्रतिशत घाउहरु निको भएपछि मात्र अपरेसन गर्नुपर्नेछ ।

सामान्य कृषक परिवारमा जन्मेका उनले यसअघि नै बाबु गुमाइसकेका छन् बने परिवारमा आमा, श्रीमती र एक तीन बर्षिया छोरी छन् । मुख्य आयश्रोत नै बैदेशिक रोजगार भएका उनि क्यान्सरबाट ग्रसित भएपछि खान र बस्न नै समस्या भएको स्थानीय समाजसेवी युवा निराजन आचार्य बताउछन् । धनुकेको जग्गामा ६ महिनाका लागि खाना पुग्ने पनि उत्पादन हुँदैन ।

भक्तपुरको ठिमीमा डेरा गरि बसिरहेका क्यान्सर पिडित धनुके आफुभन्दा पनि गाउँमा रहेकी बुढी भैसकेकी आमा, श्रीमती र छोरीको भविष्य प्रति चिन्तित छन् । अस्पतालले उपचार पश्चात् पनि पूर्ण रुपमा निको हुने संकेत गरेका छैनन् ।

उनले घरको आर्थिक अवस्था कम्जोर रहेको भन्दै उपचारका लागि देश तथा विदेशमा रहने सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको याचना गरिरहेका छन् । सहयोगका लागि तलको ठेगाना वा खातामा उपलब्ध गराउन सकिनेछ ।

नेपाल बैंक लि. चरिकोट शाखा
केशव धनुके
खाता नम्बर- १३००१००६४४५१८००००००१ अथवा सानिमा बैंकको क्युआर ।
सम्पर्क- केदार धनुके- ९८४१६९४७६९
केशव धनुके- ९८४०३९९२३७
निराजन आचार्य- ९८५१०१२५२६


प्रतिकृया दिनुहोस्