आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लक्ष्मीनारायण सहकारीको तीज विशेष कार्यक्रम : ५ सयभन्दा बढी महिलाहरुको सहभागिता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १६ गते


Advertisement

काठमाडौं, भदौ १६- लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ बाट सेवा प्रदान गर्दै आइरहेको संस्थाले आनन्द भैरव माध्यमिक विद्यालयको प्रांगगणमा शनिबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको महिला तथा सामाजिक उपसमितिले नेपाली नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा ‘महिला तीज बचत’ गर्ने ५ सयभन्दा बढी महिला सदस्यहरुको सहभागितामा तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि जेष्ठ सदस्य शिवहरी सापकोटाले गमलामा पानी हालेर उद्घाटन गरेका हुन् ।

कार्यक्रमका बिशेष अतिथि वडाअध्यक्ष प्रकाश फुयालले तडक-भडक नगरी तीज पर्व मनाउन सबैलाई सुझाव दिए । सहकारीमार्फत महिलाहरुले उत्पादनको क्षेत्रमा लगानी गरेर आत्मनिर्भर बन्नुपर्ने उनले बताए । उनले सहकारीले उत्पादनमूलक र व्यावसायिक क्षेत्रमा लगानी गरी महिलाहरुको आयआर्जन वृद्धि गराउनुपर्ने भन्दै आर्थिक कारोबारसँगै समाज परिवर्तन र रुपान्तरणका लागि पनि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए । वडाअध्यक्ष फुयालले संस्थाले सामाजिक उत्तरदाहित्व बहन गर्दै वडालाई १ लाख रुपियाँ प्रदान गरेको जानकारी दिए । संस्थाले प्रदान गरेको उक्त रकमले बोट बिरुवा रोपेर संस्थाको नाम अंकित तार जाली हालिने वडाअध्यक्ष फुयालले बताए ।

यस्तै बिशेष अतिथि नगरपालिकाका सहकारी शाखा प्रमुख विश्वास ज्ञवालीले लक्ष्मीनारायण नगरपालिकाकै उत्कृष्ट सहकारी रहेको भन्दै महिला सदस्यहरुको लागि तीज कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

यसैगरी कार्यक्रममा आनन्द भैरव माध्यमिक विद्यालयकी प्रधानाध्यापक सरस्वती थापा कार्कीले बिगतका वर्षहरुमा भन्दा तरितालिका तीज अलि भड्किलो भैरहेको र पुरानो संस्कार र रितिरिवाज हराउदै गैरहेकोमा दुख व्यक्त गरिन् । उनले महिला दिदीबहिनीहरुलाई निराहार ब्रत बस्ने नाममा आफ्नो स्वास्थ्यको ख्याल गर्न सुझावसमेत दिइन् । उनले आम्दानी भए मात्र बचत गर्न सहज हुने भएकाले महिला दिदि बहिनिहरुले आम्दानीको बाटो खोज्न उनले सुझाव दिइन् ।

सहकारीले गत बर्षबाट ‘महिला तीज बचत’को कार्यक्रम ल्याएको र त्यसैअनुरुप बचत गर्ने सदस्यहरुको लागि तीज कार्यक्रमको आयोजना गरि एक आपसमा सुख दुःख साटासाट र शुभकामना व्यक्त गर्नुका साथै दर खाने कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष शंकर थापाले जानकारी दिए । उनकाअनुसार संस्थाको ‘महिला तीज बचत’ कार्यक्रम अन्तर्गत ५ सय महिला सदस्यहरु समावेश भएका छन् । आउँदो बर्ष यो संख्यालाइ बढाएर ७ सय पुर्याइने पनि उनले बताए ।

अध्यक्ष थापाकाअनुसार संस्थाले आर्थिक बर्ष २०८१/८२ को साउनदेखि नै संस्थामा आवद्ध महिला सदस्यहरु केन्द्रित ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम राखेको जानकारी दिए । उनीहरुबाट जन्मेका बच्चालाई संस्थाले त्यहि दिनबाट नि:शुल्क सदस्य बनाउने छ । यसरी बाल बचतमा जोडिएका बाल सदस्यहरुलाई संस्थाले बर्षको एक पटक कुनै स्थानमा घुमाउन लैजाने पनि अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाको अध्यक्षता, जेष्ठ सदस्य शिवहरी सापकोटाको प्रमुख आतिथ्यता, वडा नम्बर ६ र ७ का जनप्रतिनिधिहरु तथा संचालक समिति सदस्यहरुको आतिथ्यतामा सम्पन्न तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आनन्द भैरव र गणेश हिमाल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सांगीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रममा नाचगानसमेत गरिएको थियो ।

मुलपानीकै पहिलो सहकारीका रुपमा स्थापित सहकारीमा स्थानीय १ हजार ८ सय ७० भन्दा बढी सेयर सदस्य रहेका छन् भने ३० करोड रुपैयाँ बराबरको पुँजी रहेको जनाइएको छ ।

सहकारीका अध्यक्ष थापाको अध्यक्षता, संचालक समिति सदस्य तथा तीज बिशेष कार्यक्रम संयोजक बबिना खड्काको स्वागत र महिला तथा सामाजिक उपसमिति सदस्य दिपा न्यौपाने अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा दर खुवाउनुका साथै नाचगान समेत गरिएको थियो ।


प्रतिकृया दिनुहोस्