Skip

Hamro Sanchar

पहिरोका कारण मुग्लिन-मलेखु सडक अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २३ गते


काठमाडौं । पहिरो खसेपछि मुग्लिन-मलेखु सडक अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोलामा आज बिहान ७:३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

पहिरो पञ्छाएर यातायात सञ्चालन गर्ने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

उनले पहिरोले दुईतर्फी नै सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौँ यात्रु रोकिएका बताए।


प्रतिकृया दिनुहोस्