Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसद गौतम भन्छिन् : म माथि दुर्व्यवहार भयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २१ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले निर्वाचन क्षेत्रमा जाँदा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन्।

सोमबार प्रतिनिधि सभामा बोल्दै उनले निर्वाचन क्षेत्रको अवलोकनका लागि जाँदा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताएकी हुन्।

उनले अहिले दुर्व्यवहार गरिएको अन्तिम समयको भिडिओको अंश सामाजिक सञ्जालमा हालिएको बताएकी छन्।

‘ती भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल खोलेर हेरेँ। जो व्यक्ति राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति हुनुहुँदो रहेछ१ युवा संगठनको साथी हुनुहुन्छ। बाटो ढुकेर छोरी मानिसहरूलाई तर्साउने अभ्यास के यो अमर्यादित होइनरु के यो जंगली प्रकारको भएनरु’ उनले प्रश्न गरिन्।

सरकारले सुरक्षा चुनौतीबारे संवेदनशील भएर सोच्नुपर्ने पनि सांसद गौतमले बताइन्।


प्रतिकृया दिनुहोस्