Skip

Hamro Sanchar

गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २१ गते


काठमाडौं । गुडिरहेको माइक्रो बसमाथि रुख धादिङमा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुको परिचय खुलिसकेको छैन ।

माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ


प्रतिकृया दिनुहोस्