Hamro Sanchar

स्टन्टबाजीका लागि सरकारले कुनै काम गर्दैन : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २० गते


Advertisement

काठमाडौं, साउन २०- प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनका विरुद्ध भ्रम फैल्याउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन् ।

नेपाली कांग्रेस र एमालेले संविधान संशोधनको विषय उठाएको उल्लेख गर्दै उनले स्टन्टबाजीको रुपमा सरकारले कुनै पनि काम नगर्ने बताए ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहमा आइतबार बोल्दै प्रधानमन्त्री ओलीले सरकार र सत्तारुढ गठबन्धनले कुनै पनि खालको भ्रम सृजना गर्ने गरी काम नगर्ने बताए ।

संविधानलाई धार्मिक ग्रन्थ वेद, बाइवल, कुरान जस्तो असंशोधनीय दस्तावेजको रुपमा प्रस्तुत गर्न खोजिएको भन्दै त्यसको भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन् ।

‘कतिपयले अहिले पनि हाम्रोविरुद्ध भ्रम फिजाउने कोशिस गरिरहेका छन् । हामीले संविधान संशोधन गर्नुपर्छ भन्यौं । यो धार्मिक ग्रन्थ जस्तो वेद हो कि, बोइबल हो कि, कुरान हो कि ? जस्तो असंशोधनीय विश्वासमात्रै गर्न पर्ने, फेर्न नपाइने ग्रन्थजस्तो गरेर व्याख्या गर्न खोज्ने,’ उनले भने, ‘संविधान एउटा देशको अग्रगतिका लागि, जनताको भलाइका लागि, सुशासन र विकासका लागि, सामाजिक उन्नति, प्रगतिका लागि, आफ्नो संस्कृति समयानुकूल विकासका लागि समयमा परिस्कृत हुँदै जाने र परिमार्जन हुने जाने दस्तावेज हो ।’ (न्युज एजेन्सी नेपाल)


प्रतिकृया दिनुहोस्