Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाको दाबी : उपसभामुखले भिसाको अग्रिम मिति आग्रह गर्दा आर्थिक लेनदेन भएको छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, ६ गते


Advertisement

काठमाडौं, साउन ६– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई पत्र लेखेको भए पनि आर्थिक लेनदेन नभएको दाबी गरेको छ । रास्वपाले आइतबार विज्ञप्ति निकालेर भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्ति नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध नभएको बताएको हो ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले निकालेको विज्ञप्तिमा उपसभामुख रानामगरले भिसाको अग्रिम मितिका लागि अमेरिकी दूतावासमा पठाएको पत्रबारे जानकारी पाउने बित्तिकै सोधखोज गरेको उल्लेख छ । रास्वपाले विभिन्न कूटनीतिक निकाय एवम् जानकारसँग बुझ्दा धेरै राजनीतिक दलका नेताले अन्तर्वार्ता मिति मात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको पनि बताएको छ ।

विज्ञप्तिमा संघीय संसद् सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको रूपमा रास्वपाले बुझेको जिकिर छ । रास्वपाले रानामगरको निष्कलङ्क र उज्यालो छविकै कारण पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको तर्क पनि गरेको छ ।


प्रतिकृया दिनुहोस्