Skip
आज : २०८१ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सप्तकोसीमा पानीको बहाव उच्च, ५६ वटै ढोका खोलियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, २४ गते


Advertisement

सप्तरी, असार २३- सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ ढोका खुला गरिएको छ । बिहान ९ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ६८ हजार ६८० क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ ।

कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ ।

सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो । सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्यूसेक पुगेको थियो । कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ ।


प्रतिकृया दिनुहोस्