
काठमाडौं, असार २२- मनोहरा खोलामा आएको बाढीले ललितपुरको च्यासलस्थित सडक डुबानमा परेको छ ।
नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयसँगैको सडक मनोहरामा बाढी आएसँगै डुबानमा परेको हो । पानीको बहाब बढेकाले उक्त सडकमा सवारी आवागमन बन्द गरिएको छ । बाढी सडकमा पसेपछि सडक जलमग्न भएको छ ।
शुक्रबाररातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेकोछ । वर्षा अझै नरोकिएकाले पानीको बहाव बढ्दै गइरहेको छ ।


















