काठमाडौं, असार १- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १ रुपैयाँ घटाएको छ ।
निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूलय लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ ।
घटेको मूल्य आइतबारबाट लागु हुने निगमले जनाएको छ ।