Hamro Sanchar

नेपालले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १४ गते


Advertisement

काठमाडौं, जेठ १४- आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली क्रिकेट टोलीले आज क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल आज राति सवा ९ बजे अमेरिकाको डलासमा सुरु हुनेछ ।

दुवै टोली वार्मअपमा जित निकालेर विश्वकपअघि राम्रो लयमा देखिन चाहन्छन् । क्यानडासँग खेल्नुअघि नेपालले अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास म्याच खेलेको थियो ।

नेपालले उक्त अभ्यास खेलमा दुवै खेल जितेको थियो। हालसम्म नेपाल र क्यानडाले एक टी–२० आईमा एकअर्काको सामना गरेका छन् । जसमा नेपाल विजयी भएको छ ।

आजको खेलमा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले खेल्ने सम्भावना न्यून छ । उनी अहिले खुट्टाको चोटका कारण आराम गरिहरहेका छन् । ऐरीले क्यानडाविरुद्धको वार्मअप म्याच खेल्ने सम्भावनाबारे न्यून रहेको कप्तान रोहितकुमार पौडेलले बताएका छन् ।


प्रतिकृया दिनुहोस्