Skip

Hamro Sanchar

ललितपुर आगलागी : थप एकजनाको मृत्यु, २ को उपाचार जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


काठमाडौँ, बैशाख ३१- ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरीका परिवारका पाँच सदस्य घाइते भएका थिए । घाइतेमध्ये गिरीकी श्रीमति ३२ वर्षीया रुपा गिरीको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

घाइते भएका सबैजनालाई उपचारका लागि ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो । उपचारका लागि भर्ना भएको भोलिपल्ट नै सञ्जयका छोरीहरू ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो ।

आगलागीमा परी घाइते भएका सञ्जयको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने उनका भतिज १५ वर्षीय नित गिरीको पनि उपचार भइरहेको छ ।

 

 


प्रतिकृया दिनुहोस्