
काठमाडौं, बैशाख २२- बागमती प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ । नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाले सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।
प्रदेश सरकारका सचिवले पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताएका छन् ।


















