Skip

Hamro Sanchar

गोदावरीको आनन्द वनमा डढेलो : एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १८ गते


काठमाडौं, वैशाख १८- ललितपुरको आनन्द वनमा लागेको डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर ४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए ।

उनलाई स्थानीय स्वास्थचौकीमा उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो ।

वनमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए ।

अर्का घाइतेको पनि कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

आनन्दवनमा सोमबार रातीदेखि डढेलो लागेको थियो ।


प्रतिकृया दिनुहोस्