Skip

Hamro Sanchar

ठुलो भर्‍याङबाट अर्कैको नाममा परीक्षा दिने शाही पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १४ गते


काठमाडौँ, बैशाख १४- काठमाडौँको ठुलो भर्‍याङ स्थित रेन्बो इन्टरनेशनल कलेजबाट प्रहरीले नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

आजबाट सुरु भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाहीलाई पक्राउ गरिएको हो ।

शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंक बहादुर घर्तीको नाममा २३ वर्षीय आदेश परीक्षा दिन सो केन्द्र पुगेका हुन् । परीक्षा दिइरहेको अवस्थामा उनलाई पक्राउ गरेर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्