आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराका ९ वटा सहकारीमा पैसा बचत नगर्न नगरपालिकाको अनुरोध (नामावलीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० माघ, १४ गते


Advertisement

काठमाडौं, माघ १४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र संचालित सहकारी मध्ये ९ वटा सहकारी संस्थामा बचत नगर्न नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले बिहिबार सार्वजनिक सूचना जारी गर्दै ९ वटा सहकारी निष्क्रिय रहेकाले बचत नगर्न स्थानीयबासीलाई अनुरोध गरेको हो ।

नगरपालिका भित्र संचालित वडा नम्बर ९ मा रहेको जालपाश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुलपानी २ मा रहेको एडुकेट बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर ६ मा रहेको नीलबाराही गृहश्रमिक र मनोहर दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ७ को सन्चो उपभोक्ता सहकारी संस्था, वडा नम्बर १ को शिवपुरी कृषि सहकारी संस्था र कागेश्वरी प्रांगारिक कृषि सहकारी, वडा नम्बर ९ को गहना बहुउदेश्यीय सहकारी र वडा नम्बर ८ को कागेश्वरी बचत तथा ऋण सहकारी संस्था निष्क्रिय रहेको बताइएको छ ।

निष्क्रिय रहेका यी ९ वटै सहकारीले स्थानीय तथा बचतकर्ताहरुसँग बचत संकलन गरेको नगरपालिका सहकारी शाखामा उजुरी आएकाले निम्न उल्लेखित सहकारी संस्थाहरुमा बचत नगर्न सहकारी शाखा प्रमुख विश्वास ज्ञवालीले अनुरोध गरेका छन् ।


प्रतिकृया दिनुहोस्