नयाँ दिल्ली, कात्तिक ३०- भारतको उत्तराखण्डमा पर्ने उत्तरकाशी सुरूङमार्गमा फसेका ४० मजदुरको अझै उद्धार हुन सकेको छैन ।
आइतबार बिहान ५ बजे उत्तरकाशी-यमुनोत्री राष्ट्रिय राजमार्गको सिलक्यारादेखि डन्डालगाउँसम्म निर्माणधीन सुरूङको सिलक्यारा खण्डमा पहिरो जाँदा ४० मजदुर फसेका थिए ।
पाँच दिन बितिसक्दा पनि उनीहरूको उद्धार नभएको बिबिसीले जनाएको हो । उद्धारका लागि प्रयोग भएको अउगर मेसिनको ड्रिल गर्ने भाग बिग्रिएकाले उद्धारमा समय लागेको बिबिसीले उल्लेख गरेको छ ।