आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराले सुरु गर्यो डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २४ गते


Advertisement

काठमाडाैं, साउन २४- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियान थालेको छ । नगरपालिकाको स्वास्थ्यका शाखाले डेंगुको जोखिम बढी हुने स्थानमा लार्भा नष्ट अभियान सुरु गरेको नगरप्रमुख उपेन्द्र कार्कीले हाम्रोसंचारलाई जानकारी दिए ।

डेंगु लाग्न नदिन स्वास्थ्य शाखामार्फत शिक्षा शाखा र नगर प्रहरीलाई अभियानकै रुपमा सबै वडाका स्वास्थ्य संस्था, विद्यालय तथा टोलटोलमा लामखुट्टेको बासस्थान खोजी लार्भा नष्ट गर्ने कार्यक्रमलाई अघि बढाउन निर्देशन दिइएको नगरप्रमुख कार्कीले बताए ।

टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको नगरप्रमुख कार्कीको भनाइ छ ।

धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि नगरपालिकाले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको हो ।


प्रतिकृया दिनुहोस्