आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अमिला फलको सेवन गर्दा के हुन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, ८ गते


Advertisement

काठमाडौं, साउन ८-अमिलो फलको सेवन गर्नु स्वास्थ्यसँगै छालाका लागि पनि एकदमै फाइदाजनक हुन्छ । खासगरी, अमिलो फलमा कयौं प्रकारका पोषक तत्व पाइन्छन् जो शरीरका लागि एकदमै आवश्यक हुन्छ ।

अमिलो फलमा कागती, सुन्तला, कानु, चोत्रा, इमली, मौसम, अमला, अंगुर तथा स्ट्रबेरी लगायत पर्छन् । यस्ता फल किन हामीले खानुपर्छ भनेर आज जानौं ।

अमिलो फलमा पाइने न्यूट्रिसनले पाचन प्रक्रियालाई राम्रो बनाउने काम गर्छ ।
अमिलो फलमा एन्टीओबेसिटी गुण पाइन्छ, जसले तौल कम गर्नका लागि सहयोग पु¥याउँछ ।

तौल कम गर्नका लागि तपाईं खाली पेट कागती पानी पनि पिउनु सक्नुहुन्छ ।
अमिलो फलमा एन्टीअक्सीडेन्ट्स तथा अन्य पोषक तत्वहरु हुन्छन्, जसको सेवनले हाम्रो छालामा चमक आउँछ साथै चाउरीपनाबाट पनि छुट्कारा पाइन्छ ।

त्यस्तै किड्नीको स्वास्थ्यका लागि पनि यस्ता फल एकदमै उपयोगी हुन्छन् । यसको सेवनले किड्नीमा स्टोन हुने सम्भावना कम गराउँछ ।

अमिलो फलमा फ्लेवोनाइड्स हुन्छ, जो दिमागलाई स्वस्थ राख्नका लागि पनि सहयोगी हुन्छ । यसले स्मरण शक्ति पनि बलियो बनाउँछ ।

विशेषगरी इम्युनिटी बुस्ट गर्नका लागि अमिलो फल एकदमै लाभदायक हुन्छ । यसले रोगसँग लड्ने क्षमता बढाउँछ । एजेन्सी


प्रतिकृया दिनुहोस्