आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पोखरामा पनि भारतीय फिल्म प्रदर्शन गर्न प्रतिबन्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, ४ गते


Advertisement

काठमाडौं, असार ४- भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने घोषणा पोखरा महानगरपालिकाले गरेको छ ।

पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइएको हो ।

आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ ।


प्रतिकृया दिनुहोस्