Hamro Sanchar

अस्ट्रेलिया गएकाे पाँच महिनामै घाँटीमा समस्या, सम्पत्ति सकिएपछि सहयोगको अपिल 

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १८ गते


काठमाडौं, बैशाख १८- अर्घाखाँचीका एक युवाको आर्थिक अभावमा उपचारमा समस्या भएको छ । अस्पतालमा उपचाररत अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर-१ निवासी मनिष पराजुलीको उपचारमा समस्या भएको हो ।

२४ बर्षिय मनिष केहि महिना पहिले आइटि इन्जिनियर पढेर विद्यार्थी भिसामा अस्ट्रेलिया गएकाे पाँच महिनामै घाँटीमा समस्या देखा परेपछि उपचार गर्न नेपाल आएका थिए । डाक्टरकाे सल्लाहअनुसार भारतको एपाेलाे अस्पतालमा उपचार गर्न गएका मनिषलाई (Salivary Gland cancer) लाल ग्रंथिको क्यान्सर रोग लागेको पत्ता लागेको थियो । 

मनिष हाल ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । उनको उपचारमा चलअचल सम्पत्ति सबै सकिएको उनका बाबु दुर्गा प्रसाद पराजुलीले हाम्रोसंचारलाई जानकारी दिए । आर्थिक अभावको कारण उपचारमा असर पर्ला भनेर चिन्तित बुबा भन्छन्, ‘छोराको अस्पतालको रिपोर्ट सुनेपछि छाँगाबाट खसे जस्ताे भयाैं, धेरै आँशु बगे, मुटु निकै भारी भयाे तर पनि उपचारमा कमी हुन दिएनौं । पाँच महिना देखी भारत अपोलो अस्पतालमा दुइ ओटा घाँटीको अप्रेसन (रेडियोथेरापी र केमोथेरापी) र विभिन्न टेस्ट गर्दा धेरै खर्च भइसकेको छ छाेराकाे उपचारका लागि हामीले भएभरकाे चल/अचल सम्पत्ति सकिसक्याैं अझै धेरै खर्च लाग्ने अस्पतालले बताएको छ अब आर्थिक अभावका कारण छाेराकाे उपचारका लागि आर्थिक सहयाेगकाे लागि हजुरहरू माझ बिन्ती बिसाउनुपर्ने अवस्था आयो हामीसँग केहि उपाय छैन हजुरहरूकाे सानो सहयाेगले हाम्राे छाेराले पुर्नजीवन पाउन सक्छ हामी अहिले पैसाकै अभावले छाेराकाे उपचार गर्न सक्दैनौं की भन्ने चिन्तामा छाैं हामी निकै आत्तिएका छाैं । हाम्राे पीडा र दुखाइमा यहाँहरूले सहयोगको सान्त्वना व्यक्त गर्नुहुनेछ भन्ने आशामा छाैं ।’

आफुहरुको पीडा, छट्पटी र राेदनमा सहयोगको मलम लगाई छाेराे बचाइदिन बाबु दुर्गा प्रसादले अनुरोध गरे ।

मनिष बचाउन भन्दै उनका आफन्त बिष्णु प्रसाद पराजुलीले अभियान संचालन गरेका छन् । उनले सम्पूर्ण देश विदेशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनी तथा सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका छन् । 

 

सहयोगका लागि सम्पर्क (नेपाल बाहिर)

भारत– राम प्रसाद पराजुली ९८११९११७३४, बिण्णु प्रसाद पोडेल ९८१८४६१४६४, बिण्णु प्रसाद पराजुली ८३६८८२५९३४
कतार– बाबुराज पराजुली +९७४६६१८५२५३, शोभाखर ७४७६७७५०, बसन्त ६६२३१५८९ र खिमराज पराजुली ५०५९६८००
अमेरिका– राजु बन्जाडे +१८५७७६३७०८३
खाताको नाम- राधा पराजुली
खाता नम्बर- ३१२५७५१०२५७९६००१ (NIC Asia Bank Limited)
शाखा- ढुंगेधारा नर्सरी चोक
इसेवा- राधा पराजुली- ९८४७२३६८८०
नेपाल सम्पर्क- दुर्गा प्रसाद पराजुली (बुबा) ९७४६२८५२८५

भारतमा सहयोग गर्न चाहनेहरुका लागि
Name- VISHNU PRASAD
Account Number- 50762010014000 (Punjab National Bank)
IFSC – PUNB0507610
Phonepe/paytm no. 9818461464


प्रतिकृया दिनुहोस्