चितवन, भदौ २१- चेपाङ् समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनीक बिदा दिने भएको छ । बागमती प्रदेश सरकार तथा मन्त्रिपरिषद्ले २०७८ साल चैत ९ गते गरेको निर्णयानुसार भदौ २२ गते सार्वजनीक बिदा दिन लागिएको हो ।
उक्त दिन बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङका सबै जिल्लामा सार्वजनीक बिदा दिइने छ ।