Hamro Sanchar

राष्ट्रपति नै निरीह, कसले राेक्ने नागरिकता विधेयक ?

प्रकाशित : २०७९ भदौ, ५ गते


Advertisement

काठमाडौं, भदौ ५- राष्ट्रपति विद्यादेवी भण्डारीलाई यतिबेला निरीह स्थितिमा रहेको अनुभव भएको छ । नागरिकता विधेयकलाई उनले सन्देशसहित संसद्मा फिर्ता पठाएकी थिइन् तर त्यो सन्देशको बेवास्ता गर्दै विधेयक प्रतिनिधिसभाले पारित गरिसकेको छ । अब सोमबार राष्ट्रियसभाले पनि यसलाई जस्ताको तस्तै पारित गर्ने तयारी गरिसकेको छ ।

पाँच दलीय गठबन्धनका नेताले बैठकपछि राष्ट्रपतिले सुझावसहित संसद्मा पठाएको नागरिकता विधेयक जस्ताको तस्तै पठाउने निर्णय गरेका थिए । संसद्को बैठक बस्नै नपाइ नेपाली कांग्रेसलगायत सत्ता गठबन्धनका नेताले विधेयक जस्ताको तस्तै पारित हुने बताएका थिए ।

सामाजिक सञ्जालमा कसैले सामान्य विरोध गर्दा पनि हामीलाई नमिठो लाग्छ । सरकार सञ्चालन गरिरहेका प्रमुख दलका नेताले राष्ट्रपतिबाट आएको सन्देशलाई बेवास्ता गर्ने निर्णय सुन्दा त्यो संस्थामा स्वाभाविक रूपमा असर पर्छ । त्यसमा पनि यो संस्थामा रहेका व्यक्तिले सिधै बोल्न नमिल्ने र बोल्दा पनि अनेक अर्थ लगाउने परिस्थिति बन्छ । याे खबर आजकाे नागरिक दैनिकमा छ ।


प्रतिकृया दिनुहोस्