Hamro Sanchar

माओवादी केन्द्रको महासचिवमा देव गुरुङ, पदाधिकारीमा अरु को-को परे ?

प्रकाशित : २०७९ भदौ, ४ गते


Advertisement

काठमाडौं, भदौ ४- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाउन प्रस्ताव गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले गुरुङलाई महासचिवमा प्रस्ताव गरेका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन् ।

यसैगरी प्रचण्डले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेलाई प्रस्ताव गरेका छन् ।

दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिवमा प्रस्ताव गरेका हुन् ।

कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव गरिएका छन् ।

प्रचण्डको प्रस्तावलाई बैठकले उनको नाम अनुमोदन गर्नेपर्ने हुन्छ ।


प्रतिकृया दिनुहोस्