आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कोरोनाको नयाँ भेरियन्ट संक्रमण भएपछि चीनको वुहानमा फेरि लकडाउन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १२ गते


Advertisement

काठमाडौं, साउन १२- पहिलो पटक कोरोना भाईरसको संक्रमण पत्ता लागेको चीनको वुहानमा फेरि लकडाउन लागू गरिएको छ ।

वुहानको चियाङसिया जिल्लामा नयाँ बिरामी फेला परेपछि करिब दश लाख जनसंख्या रहेको उक्त शहरमा कडा खालको लकडाउन लागू गरिएको हो ।

शून्य संक्रमणको नीति लिएको चीनले न्युन मात्रामा संक्रमित फेला पर्ने बित्तिकै उक्त क्षेत्रमा कडा खालको लकडाउन गर्ने, सामूहिक परीक्षण र कठोर आइसोलेसन लागू गर्दै आएको छ ।

नियमित परीक्षणका क्रममा दुई दिनमा लगातार दुई/दुई जना संक्रमित फेला परेपछि तत्काल लकडाउन र संक्रमण नियन्त्रणका अन्य मापदण्ड लागू गरिएको हो ।

संक्रमितहरुमा कोरोनाको नयाँ भेरियन्ट संक्रमण भएको चिनियाँ अधिकारीहरुले बताएका छन् । सन् २०१९ को डिसेम्बरमा वुहान शहरमै सबैभन्दा पहिले कोरोना संक्रमितको पहिचान भएको थियो ।


प्रतिकृया दिनुहोस्