आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालमा कोरोनाबाट एक जनाको मृत्यु, थपिए १३५ संक्रमित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, १ गते


Advertisement

काठमाडौं, साउन १- कोरोना भाइरस संक्रमणका कारण आइतबार एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ४१ वटा नमुना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सोहि अवधिमा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ४३९ पुगेको छ । आज ३२ हजार ५१५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्