Hamro Sanchar

कार्यकाल सकिनै लाग्दा उपसभामुख चयन

प्रकाशित : २०७९ असार, ३२ गते


Advertisement

काठमाडौं, असार ३२- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा उपसभामुखमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।

उपसभामुखका लागि शुक्रबारको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १ सय ४८ मत पाइन् । उनको विपक्षमा ९३ मत खसेको थियो । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । २०७६ साल माघमा ततकालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म रिक्त यो पदमा शुक्रबार चुनाव भएको हो ।

शुक्रबारको बैठकमा २ सय ४२ सांसद उपस्थित थिए । एक सांसद भने तटस्थ रहे । भुसाललाई सत्तारूढ दलहरू कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । सत्ताबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टीले पनि उनलाई सघाएका थियाे ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्