आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुलपानी नगर अस्पतालमा आँखा स्वास्थ्य अभिमुखीकरण तालिम सम्पन्न

प्रदिप नेपाली प्रकाशित : २०७९ असार, १९ गते


Advertisement

काठमाडौं, असार १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका महिला स्वयंसेवीकाहरुलाई आधारभूत आँखा स्वास्थ्य अभिमुखीकरण तालिम दिइएको छ ।

नगरपालिका र नेपाल आँखा अस्पतालको सयुक्त रुपमा संचालित आधारभूत आँखा स्वास्थ्य अभिमुखीकरण शिविर कार्यक्रममा नगरपालिकाका १० जना महिला स्वयंसेवीकाहरुलाई तालिम प्रदान गरिएको थियो । उक्त अभिमुखीकरण तालिम बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संचालन भएको थियो ।

अभिमुखीकरण तालिम, मुलपानी आँखा उपचार केन्द्रका प्रमुख तथा नेत्र सहायक दिवाकर पौडेल, मुलपानी आँखा उपचार केन्द्रकी कार्यक्रम संयोजक अनिशा गुरुङ र नेपाल आँखा अस्पतालका बाहिरिय कार्यक्रम संयोजक राम केसीले दिएका थिए ।

स्वयंसेवीकाहरुलाई आँखाको रोगको बारेमा जानकारी गराउनुका साथै आँखा कसरी जोगाउने, सरसफाइ कसरी गर्ने भन्ने बारे प्रशिक्षण दिइएको थियो ।

तालिम लिएका स्वयंसेवीकाहरुले अस्पतालको पहुँचभन्दा बाहिर रहेका स्थानीय र आँखाका बिरामीलाई घर-घरमा पुगेर आँखा सम्बन्धि जनचेतना फैलाउने र आँखाका बिरामीलाई अस्पतालसम्म पुग्न प्रोत्साहन गर्नेछन् ।


प्रतिकृया दिनुहोस्