Skip

Hamro Sanchar

दक्षिण कोरियामा ब्याजदर ३.२५ प्रतिशत पुग्यो, दुई वर्षकै उच्च

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

११ मंसिर, काठमाडौं । दक्षिण कोरियाको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाएर ३.२५ प्रतिशत पुर्‍याएको छ।

यो दुई वर्षयताकै उच्च ब्याजदर हो। ऊर्जा मूल्यवृद्धिका कारण मुद्रास्फीति अझै केही समय उच्च रहने अनुमान गरिएको छ।

गत महिना दक्षिण कोरियाको मुद्रास्फीति दर २.८ प्रतिशत पुगेको थियो।

यता, कृत्रिम बुद्धिमत्ता (एआई)प्रविधिसँग सम्बन्धित चिप्सको माग बढ्दा निर्यातमा नयाँ रेकर्ड कायम भएको छ।

यससँगै केन्द्रीय बैंकले सन् २०२६ को आर्थिक वृद्धिदरको प्रक्षेपण ३.९ प्रतिशत पुर्‍याएको छ।


प्रतिकृया दिनुहोस्