Skip

Hamro Sanchar

कुँवर र यादवलाई तत्काल उन्मुक्ति मिलेन, थप ५ दिन हिरासत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

काठमाडौं । मलेसिया रोजगारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

काठमाडौं अदालतले आज प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको हो।

यसअघि उनीहरूलाई दुई दिन हिरासतमा राख्ने अनुमति दिइएको थियो।

यसैगरी, बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटासहित व्यवसायी महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वसीईओ सुशील भट्टलाई पनि थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस्