१० मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणप्रति कडा असन्तुष्टि जनाएका छन्।
उनले बालेनको भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठ्न नसकेको भन्दै उपलब्धिविहीन भएको टिप्पणी गरेका छन्।
सम्पादकहरूसँग आज भएको छलफलमा ओलीले प्रधानमन्त्रीले भारत जाँदा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र सरोकारवालासँग छलफल नगरेको भन्दै भ्रमण निजी भ्रमणजस्तो बनेको आरोप लगाए ।
उनले सीमा विवाद, ईपीजी प्रतिवेदन र हवाई रुटजस्ता महत्वपूर्ण विषयमा सरकारले प्रभावकारी पहल गर्न नसकेको बताए। साथै, भारतबाट प्राप्त हुने आर्थिक सहायता र विकास सहयोगबारे पनि तत्कालै आशावादी नहुन सुझाव दिए।
ओलीले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको, न्यायालय र संवैधानिक निकायको कामप्रति प्रश्न उठाउँदै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि आवाज उठाउनुपर्ने बताए।
एमालेभित्रको विवाद समाधान भएको दाबी गर्दै उनले स्थानीय र प्रदेश निर्वाचन निर्धारित समयमै हुनुपर्ने धारणा पनि राखे।

























