Skip

Hamro Sanchar

ठमेलबाट ५० लाखभन्दा बढी नगद र विदेशी मुद्रासहित दुई जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

१० मंसिर, काठमाडौं । काठमाडौंको ठमेलबाट स्रोत नखुलेको ५० लाख रुपैयाँभन्दा बढी नेपाली नगद तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई बिहीबार बिहान काठमाडौं महानगरपालिका–१७ स्थित ‘स्नोलाइन’ होटलबाट पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी रियाल ४ हजार २१५ र संयुक्त अरब इमिरेट्स ९यूएई० का ५५ दिराम बरामद गरेको छ।

होटलमा अवैध रकम लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनामाथि रकमको स्रोत र कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्