Skip

Hamro Sanchar

पूर्वमुख्यसचिव अर्याल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, १० गते


Advertisement

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतले पक्राउको पुष्टि गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार उनलाई भारतको कलकत्ताबाट पक्राउ गरी नेपाल ल्याइँदै छ।

श्रमिकको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुल्ने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ।

यस प्रकरणमा करिब सात लाख नेपाली श्रमिक प्रभावित भएको बताइएको छ।


प्रतिकृया दिनुहोस्