Skip

Hamro Sanchar

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ।

मंसिर ८ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।

बिहीबारको बैठकमा ७० जना केन्द्रीय सदस्यले आफ्नो विचार राखेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।

केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम नसकिएकाले बैठक शुक्रबार बिहान ८ः३० बजे पुनः बस्न लागेको हो।


प्रतिकृया दिनुहोस्