१० मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच पाँच घण्टासम्म लामो छलफल भएको छ।
भारत भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शाह आज बुढानीलकण्ठस्थित लामिछानेको निवास पुगेका थिए। त्यहाँ दुई नेताबीच करिब पाँच घण्टा विभिन्न समसामयिक विषयमा कुराकानी भएको हो।
रवि लामिछानेको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि, आगामी निर्वाचन, संसद् अधिवेशन तथा सरकारले ल्याउन लागेका विभिन्न अध्यादेशबारे छलफल भएको थियो।

























