Skip

Hamro Sanchar

दुबई उडे गृहमन्त्री गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

२७ कार्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (युएई)प्रस्थान गरेका छन्।

यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबई गएका गुरुङले सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, आधुनिक सुरक्षा प्रविधि र अपराध नियन्त्रणका नयाँ उपायबारे हुने छलफलमा सहभागिता जनाउनेछन्।

सम्मेलनमा कृत्रिम बुद्धिमत्ता (एआई)मार्फत प्रहरी सेवा, साइबर अपराध, डिजिटल ठगी, क्रिप्टो कारोबार, लागूऔषध नियन्त्रण, सीमा सुरक्षा, ड्रोन तथा रोबोट प्रविधिलगायत १४ वटा विषयमा छलफल हुने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस्