Skip

Hamro Sanchar

रास्वपाका २० सांसद चीन जादै, प्रधानमन्त्री बालेनको कडा निर्देशन : घुमघाममा मात्रै नअल्झिनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेको रास्वपाका २० सांसदसँग आज छलफल गरेका छन्।

सिंहदरबारमा भएको छलफलमा उनले भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपालको आर्थिक विकास, प्रविधि, व्यापार, पर्यटन र कृषिमा लाभ पुग्ने गरी उपलब्धिमूलक बनाउन निर्देशन दिएका छन्।

चीनको विकास र प्रविधिबाट नेपालले सिक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन भ्रमण उपयोगी हुनुपर्ने बताएका छन्।

रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आइतबार चीन जाँदैछ। टोलीले बेइजिङ, हाङचोउ र सिचुवानको भ्रमण गर्नेछ।


प्रतिकृया दिनुहोस्