Skip

Hamro Sanchar

भीमफेदी दुर्घटनाप्रति कांग्रेसको दुःख, सरकारसँग राहत र उपचारको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको दर्दनाक माइक्रोबस दुर्घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ।

काठमाडौं बाट सर्लाहीको चक्रघट्टा गाउँपालिका–सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ६ जना गम्भीर घाइते भएका थिए।

नेपाली कांग्रेसले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कांग्रेसले मृतकका परिवारलाई तत्काल उचित राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

पछिल्लो समय देशभर सडक दुर्घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै कांग्रेसले दुर्घटनाका कारण पहिचान गर्न उच्चस्तरीय कार्यदल गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा रहेका कमजोरी सुधार गर्न प्रभावकारी कदम चाल्नसमेत आग्रह गरेको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा दुर्घटना न्यूनीकरणका लागि तत्काल नीतिगत तथा व्यावहारिक सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

 


प्रतिकृया दिनुहोस्