Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। बिहीबार सुन तोलाको २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर ४ हजार ४ सय ५० रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य ४ हजार ४ सय २५ रुपैयाँ थियो।

यसअघि सोमबार र मंगलबार दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँ घटेको थियो भने बुधबार २ हजार ८ सय रुपैयाँले बढेको थियो।

महासंघका अनुसार गत माघ १५ गते सुनको मूल्य तोलामा ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो।

सोही दिन चाँदीको मूल्य पनि तोलाको ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।


प्रतिकृया दिनुहोस्