Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

भारतबाट बढेर आयो पेट्रोलियमको मूल्य, नेपालमा के होला ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १५ गते


Advertisement

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा बढेर आए पनि नेपालमा तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिने भएको छ।

नेपाल आयल निगमका अनुसार असोज १४ गते इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेको छ।

आईओसीबाट प्राप्त मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा वृद्धि भएको छ।
त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।

तर भोटेकोसी क्षेत्रमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, नजिकिँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै नेपालमा भने हाल कायम मूल्य नै निरन्तरता दिने निर्णय गरिएको निगमले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्