Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। मंगलबारको तुलनामा आज सुनको भाउ तोलामा दुई हजार आठ सय र चाँदीको ३० रुपैयाँ बढेको छ।

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि मंगलबार सुनको भाउ दुई लाख ९० हजार पाँच सय रुपैयाँ रहेको थियो।

यता, मंगलबार चार हजार तीन सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज बढेर चार हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिकृया दिनुहोस्