Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मोदीको शैक्षिक डिग्रीसम्बन्धी मुद्दाको सुनुवाइ डिसेम्बरसम्म स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक डिग्रीसम्बन्धी जानकारी माग गर्दै दायर निवेदनमाथिको सुनुवाइ दिल्ली उच्च अदालतले डिसेम्बरसम्मका लागि स्थगित गरेको छ।

प्रधानन्यायाधीश डीके उपाध्याय र न्यायाधीश तेजस कारियाको इजलासमा निवेदन सूचीबद्ध भए पनि सुनुवाइ हुन सकेन।

यसैबीच, गुजरात उच्च अदालतले मोदीको शैक्षिक डिग्री सार्वजनिक गर्न माग गर्दै आम आदमी पार्टीका संयोजक अरविन्द केजरिवालले दायर गरेको पुनरावेदन खारेज गरेको छ। अदालतले यसअघि एकल इजलासले गरेको आदेशलाई सदर गरेको हो ।


प्रतिकृया दिनुहोस्