Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

वर्षाले खोस्यो नेपालको एसियाली खेलकुद यात्रा, श्रीलंकासँगको खेल रद्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १३ गते


Advertisement

१३ असाेज, काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत श्रीलंकासँगको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिएको छ।

नागोयास्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार नेपाल र श्रीलंकाबीचको खेल टससमेत हुन नपाई रद्द भएको हो। खेल हुन नसकेपछि उच्च वरीयताको टोलीलाई अघि बढाउने नियमअनुसार श्रीलंका सेमिफाइनलमा पुगेको छ।

टी–२० विश्व वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा रहेको छ। यसअघि नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो।

जापानसँगको दोस्रो खेल भने वर्षाका कारण १५ ओभरमा छोट्याइएको थियो। नेपालले ४ विकेट गुमाएर १४९ रन बनाए पनि वर्षाका कारण जापानले ब्याटिङ गर्न नपाएपछि खेलको नतिजा आउन सकेन।

यससँगै लगातारको वर्षाका कारण नेपालको एसियाली खेलकुदमा क्रिकेट यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ ।


प्रतिकृया दिनुहोस्