Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विषाक्त मदिरा सेवनबाट १९ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । विषाक्त मदिरा पिउदा भारतमा १९ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार भारतको नागाल्यान्डकाे मोकोकचुङमा ८ र तुएनसाङमा ११ जनाको ज्यान गएको हो।

घटनापछि प्रहरीले दुवै जिल्लामा छापा अभियान तीव्र बनाएको छ।

अभियानका क्रममा ३ हजारभन्दा बढी मदिराका बोतल बरामद गरिएको तथा १५ जनाभन्दा बढी पक्राउ परेको प्रहरीले जनाएको छ।

तुएनसाङबाट बरामद गरिएको संदिग्ध मदिराको नमुना परीक्षण गर्दा मेथानोल भेटिएको फरेन्सिक प्रयोगशालाले जनाएको छ।

थप परीक्षणका लागि नमुना गुवाहाटीस्थित केन्द्रीय फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

प्रहरीले लेबल वा पहिचान नखुलेको मदिरा सेवन नगर्न आग्रह गर्दै मदिरा सेवनपछि चक्कर लाग्ने, दृष्टि धमिलो हुने वा श्वास फेर्न समस्या भए तत्काल अस्पताल जान अपिल गरेको छ।


प्रतिकृया दिनुहोस्