Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसियन गेम्स : समूह विजेता नेपाल क्वार्टरफाइनलमा, श्रीलंकासँग भिड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असोज, काठमाडौं । एसियन गेम्सअन्तर्गत टी–२० क्रिकेटमा नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ।

जापानविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि नेपालले ३ अंकसहित समूह विजेता बनेर अन्तिम आठमा स्थान बनाएको हो।

अब नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालले अफगानिस्तानलाई पराजित गरेको थियो। जापानविरुद्धको खेलमा भने वर्षाका कारण अंक बाँडिएको हो।

समूहमा अफगानिस्तान २ अंकसहित दोस्रो र जापान १ अंकसहित तेस्रो रह्यो।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै जापानलाई १५० रनको लक्ष्य दिएको थियो।

तर, पुनः वर्षा भएपछि जापानले लक्ष्य पछ्याउन पाएन र खेल रद्द भयो।


प्रतिकृया दिनुहोस्