४ असोज, काठमाडौं । इरानले अमेरिकालाई युद्ध अन्त्य गर्नका लागि शर्त पत्र पठाएको छ ।
इरानले कतारमार्फत अमेरिकालाई युद्धको पूर्ण अन्त्य गर्नका लागि शर्त पत्र पठाएको समाचार संस्था अलजजिराले जनाएको हो ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाइले युद्ध अन्त्यको शर्त पठाइएको बताएका छन् ।
आफ्ना शर्तमा प्रतिबन्धित सम्पूर्ण सम्पत्ति फुकुवा हुनुपर्ने, अमेरिकाले सबै हमला स्थगित गर्नुपर्ने र समुद्री नाकाबन्दी हटाउनुपर्ने उल्लेख गरेको उनले जानकारी गराए।
त्यस्तै, प्रमुख रजाइले इरान हुथी र साउदी अरबबीचको युद्ध अन्त्य हुनुपर्ने जानकारी अमेरिकालाई गराएको समेत बताएका छन् । आफ्ना प्रस्तावको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जवाफको पर्खाइमा रहेको उनले बताए।
































